मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेल्लेख गाउपालिका अध्यक्ष बोहोराको सक्रियतामा बिधुतको राष्ट्रिय लाईन बिस्तारमा तिब्रता

मेल्लेख गाउपालिका अध्यक्ष बोहोराको सक्रियतामा बिधुतको राष्ट्रिय लाईन बिस्तारमा तिब्रता


अछाम – मेल्लेख गाउपालिका अध्यक्ष लोक बहादुर बोहोराले राष्ट्रिय बिधुत लाईन बिस्तार कार्यक्रम लाई तिब्र गतिमा काम अगाडि बढाउने बताएका छन ।

अध्यक्ष बोहोराको नेतृत्वमा मेल्लेख देखि बिन्धेबासनि काटेगाउ सम्म राष्ट्रिय लाइन बिधुत बिस्तारको लागि आज स्थलगत अनुगमन गरेका छन् । गत साउन महिनामा स्थानीय सरानिगाड लघुजलबिधुत परियो जना पहिरा को कारणले बिधुतको कुलो भत्किएपछि बिन्धेबासनि काटेगाउ सरानिका समुदाय अध्यरोमा बस्न बाध्यभएपछि तत्काल त्याहासम्म राष्ट्रिय बिधुत लाईन बिस्तार गर्ने बताएका छन् ।

दशै अगाडि नै बिन्धेबासनि सरानि सम्म राष्ट्रिय बिधुत लाइन बिस्तार गरिसक्ने र कुस्कोट ,ठाटि ऋषिदह सम्म को लागि पनि संगसंगै लाइन बिस्तार को काम अगाडि बढाइने भएको छ।

सबै वडा को लागि राष्ट्रिय बिधुत लाइन बस्तार कार्यक्रम अघडि बढिरहेको ले कसैले पनि अध्यारो मा बस्न नपर्ने अध्यक्ष बोहोराको भनाइ छ।

बिधुत लाइन बिस्तार लागि स्थलगत अनुगमनमा बिधुत प्राधिकरण प्रमुख बिजयराज रेग्मी सुपरभाइजर श्याम बहदुर साउद वडा न ५ बिन्धेबासनि का वडा अध्यक्ष रमेश खडका नेकपा मेल्लेख संगठन कमेटि अध्यक्ष ज्वालासिंह साउद लागायतको सहभागिता रहेको थियो ।