मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ठुला बडा भनिनेको अर्ति सधै उदाङ्गो छ

ठुला बडा भनिनेको अर्ति सधै उदाङ्गो छ


  • अमरदीप शर्मा

सधै झुल स्वार्थी आकाश धर्ती सधै उदाङ्गो छ
खोज्ने खेल हारी जित्छ पर्ती सधै उदाङ्गो छ!

उदाउने कुदाउन दाउपेच खोजी बाचेपछि
नाक कान खोल हजुर जर्ती सधै उदाङ्गो छ !

नजिकैको मृगतृष्णा अनौठो नै मानिदैन
मान्छेले नै नचाउने नर्तकी नै उदाङ्गो छ !

भिरपाखा मेरा आँखा बन चहुर डुलि हिडे
स्वार्थी भाका केलाउदा भर्ती सधै उदाङ्गो छ !

के भनेर बाच्छु भनी उडि छुन हिड्यौ आकाश
ठुला बडा भनिनेको अर्ति सधै उदाङ्गो छ !!