मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तिलान्जली खुशी चढाई मर्म ढाल्ने कर्म बन्यो

तिलान्जली खुशी चढाई मर्म ढाल्ने कर्म बन्यो


  • अमरदीप शर्मा

उभिएकै खुट्टा सङ्गै गल्दैन भो हजुर
पीडा बोक्ने छाती छदै ढल्दैन भो हजुर!

अनुभूति अत्तालिदै अनुराग हान्न थाले
ठिकै भन्ने शब्द पोखी छल्दैन भो हजुर !

आत्माराम हरेराम रमाउदै कति बाच्छ
पुरुष तत्व नाजुक देखे जल्दैन भो हजुर!

तिलान्जली खुशी चढाई मर्म ढाल्ने कर्म बन्यो
अब मन तनको आगो बल्दैन भो हजुर !

तपश्वीका रुपरेखा भोगाईकै छाया हुनकी
जिवित स्व र अर्थी भावमा फल्दैन भो हजुर !