मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खड्काको पहलमा बाढी पीडितका लागि एक लाख राहत संकलन

खड्काको पहलमा बाढी पीडितका लागि एक लाख राहत संकलन


धनगढी / अछामको रामारोशनमा आएको बाढी पीडितका लागी देश तथा विदेशवाट आर्थिक संकलन भएको छ । गत भाद्र २ गते राती जिल्लाको रामारोशन गाउँपालिका–५ सैनी बजारमा आएको बाढीले घरमा सुतिरहेका झन्डै २ दर्जन मानिसहरु बगाएको थियो ।

उक्त बाढीमा बगेर केहीका लास भेटिएका थिए भने अझै धेरै जना बेपत्ता छन । बाढीमा परि सयौ व्यक्ति घाईते भएका छन । गांँउ नै शोकमा डुवेका बेला घाईतेहरुलाई केहि सहजहोस भन्ने उदेश्यले आर्थिक अभियान सञ्चालन गरेको युनाइटेड ग्रुप धनगढीका अध्यक्ष मोहन खड्काले बताए ।

अभियानमा देश तथा बिदेशमा रहेका मनकारीहरुले बाढी पिडितहरुको घाउमा मलम लगाउनमा एक लाख ५ सय आर्थिक सहयोग जुटेको बताएका छन । सो रकम आजनै पिडित कहाँ पुर्यायउने बताए ।

यो अभियानमा सहयोग गर्ने पवित्रा रावत, खेमराज पन्त, भावना विष्ट, विद्या खड्का, अञ्जली राना, एलिना सिहँ, टेक रावत, विनोद भट्ट, रुपा शर्मा, कमला सुवेदी, समिर जोशी, आशिष भट्ट विपिन मिश्र लगायतको टिमलाई धन्यावाद व्यक्त गरे ।