मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेल्लेखका बिद्यालयमा असोजबाट पठनपाठन सुरु हुने

मेल्लेखका बिद्यालयमा असोजबाट पठनपाठन सुरु हुने


लाल बहादुर चदारा, अछाम – काेराेना बाट प्रभावित शैक्षिक क्षेति उकास्न असाेजकाे पहिलो साता बाट मेल्लेखका बिद्यालय संचालन गर्ने निर्णय गर्दै सराेकारबाल संगकाे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।

लामाे समय देखि काेभिड १९ बाट शिक्षा क्षेत्रमा परेकाे प्रभाव लाई मध्ये नजर गर्दै मेल्लेखमा बिद्यालयहरु सन्चालमा ल्याउने तयारी र पठनपाठन अगाडि बढाईने भएकाे छ।

बिद्यार्थी शिकाइ निर्देशिका २०७७ अनुसार कार्ययोजना तयार गरि बिद्यालय संचालन ल्याउने भएको हो। मेल्लेख गाउपालिका सामाजिक बिकास सयाेजक तथा वडा न ६ का अध्यक्ष नरपति रावलकाे अध्यक्षतामा भएकाे शैक्षिक अन्तक्रिर्या कार्यक्रममा मेल्लेख गाउपालिकाका अध्यक्ष लाेक बहादुर बाेहाेराले प्रमुख अतिथि थिए।

बोहराले सुरक्षा ब्यबस्था गर्दै मेल्लेखका सम्पूर्ण बिद्यालयहरु संचालन गर्न सबै पक्ष जिम्मेवार भई सराेकार बालाकाे सल्लाहमा असाेज ७ गते देखि बिद्यालय संचालन गर्न आग्रह गरेका छन्।

यस्तै अन्तरक्रिया कार्यक्रमका बिशिस्ट अतिथि पूर्व जिबिस सभापति कृष्णप्रसाद जैसिले शैक्षिक क्षेत्र लाई अगाडि बढाउन स्थानीय सरकार समन्धित निकाय उतिकै ध्यान जानुपर्ने र नीति निर्देशनमा रहि पठनपाठन लाई अगाडि बढाउनु पर्ने मा जाेड दिनु दिए।

सहजिकरण गर्न पुगेका जिल्ला शिक्षा समन्वय इकाई प्रमुख लक्ष्मण राज गिरले शैक्षिक निर्देशिका मा रहि पठनपाठन लाई अगाडि बढाइ शैक्षिक क्षेत्र खेर जान नदिने सबै पक्षले सहयाेग गर्नुपर्ने बताएका छन ।

बिद्यालयमा ठाेस कार्ययोजना बनाइ काेरना बाट अबरुद्ध सिकाइ प्रभावकारी रुपमा निरन्तरता दिनु पर्ने उनले बताएका छन ।। उक्त कार्यक्रममा बिद्यालय संनचालका लागि मेल्लेखा प्रधानध्यापक र शैक्षिक बिज्ञहरुले ले बिद्यालय संचालन का लागि सुझबुझ सहित छलफलमा भाग लिएका थिए ।