मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मानव अधिकार रक्षक संजाल बाजुराद्वारा प्रसाशनमा ज्ञापन पत्र

मानव अधिकार रक्षक संजाल बाजुराद्वारा प्रसाशनमा ज्ञापन पत्र


बाजुरा – मानव अधिकार रक्षक संजाल जिल्ला शाखा बाजुराले विभिन्न माग सहित जिल्ला प्रशासन कार्यालय बाजुरामा ज्ञापन पत्र बुझाएको छ । 

जिल्लामा भैरहेका समसामयिक विषयलाई उठान गरी सो बिषयमा प्रसाशनको ध्यान आर्कषण गराउनका लागि ज्ञापन पत्र बुझाएको मानव अधिकार रक्षक संजाल बाजुराका अध्यक्ष निमेन्द्र शाहीले बताए ।

कोभिड-१९ को संक्रमणले थिलथिलो बनेको विश्वमा नेपाल पनि अछुतो छैन, बाजुरा अहिले बाहिर जिल्लाबाट भित्रिनेहरुको लहरले गर्दा कोरोनाको जोखिममा छ ।

मानव अधिकार रक्षक संजालले मानव अधिकारका विषयमा लामो समयदेखि वकालत गर्दै आएको र विश्वव्यापी मान्यतालाई शिरोपर गरी हाम्रो संविधानले मानव अधिकारहरुलाई मौलिक हकको रुपमा व्यवस्था गरिएको छ ।

त्यसैले जिल्लामा भएका गतिविधि नियम र निति संगत तरिकाले अगाडी बढ्न नागरिकले आफ्नो अधिकार पाएको र राज्यको उपस्थितिलाई अनुभुती गर्न पाउँन् भन्ने उद्देश्यले ध्यानार्कषण गराएको अध्यक्ष शाहीले जानकारी दिए ।