मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज १५ सय ३९ जनामा संक्रमण पुष्टि

आज १५ सय ३९ जनामा संक्रमण पुष्टि


काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर १ हजार ५३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सहित हालसम्म नेपालमा कोरोना पुष्टि हुनेको संख्या ५८ हजार ३२७ पुगेको छ।

आज १० हजार ४९४ जनाको पीसीआर परीक्षण गरिएकोमा १ हजार ५३९ जनामा कोरोना पुष्टि भएको हो। हालसम्म नेपालमा ८ लाख ७२ हजार २७४ जनाको पीसीआर परीक्षण भइसकेको छ।

नेपालमा सक्रिय संक्रमितको संख्या १६ हजार २४२ छ। जसमध्ये ८ हजार ५४१ जना संस्थागत आइसोलेसनमा र ७ हजार ७०१ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ।

पछिल्लो २४ घण्टामा विभिन्न स्थानका आइसोलेसन तथा अस्पतालबाट १ हजार ६८ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।

हालसम्म डिस्चार्ज हुनेको संख्या ४१ हजार ७०६ पुगेको छ। हाल ७ हजार ८२० जना विभिन्न स्थानमा रहेका क्वारेन्टिनमा बसिरहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट ८ जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाबाट मृ’त्यु हुनेको संख्या ३७९ पुगेको छ।