मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लामो दूरीका यातायात आजदेखि सञ्चालनमा

लामो दूरीका यातायात आजदेखि सञ्चालनमा


काठमाडौँ – कोभिड १९ का कारण झन्डै ६ महिना लामो समय रोकिएको लामो दूरीका सार्वजनिक यातायात आजबाट सञ्चालनमा आउने भएको छ। मन्त्रिपरिषद्को सोमबारको बैठकले असोज १ गतेदेखि लामो दूरीका यातायात चलाउन दिने निर्णय गरेको थियो।

५० प्रतिशत बढी भाडा लिएर सिट क्षमताको आधा मात्रै यात्रु बोक्ने गरी सार्वजनिक यातायात चल्न दिने निर्णयमा उल्लेख छ। एक लाइनको सिटमा एक जना मात्रै यात्रु राखेर यातायात सेवा सञ्चालन गर्नुपर्ने सरकारको सर्त छ।

मन्त्रिपरिषद् बैठकले लामो दुरी तथा अन्तरजिल्ला यातायात सञ्चालन गर्न अनुमति दिएसँगै बुधबार नेपाल यातायात व्यवसायी महासंघ र तीनवटा मजदुर टेड युनियनले संयुक्त रुपमा छलफल गरेर लामो, छोटो दुरीका सबै गाडी सञ्चालन गर्ने जानकारी दिएका हुन्।

चालक, सहचालकले मास्क, सेनिटाइजर अनिवार्य प्रयोग गनुपर्ने र यात्रुले पनि यात्रा अवधिभर मास्क लगाएर यात्रा गर्नु पर्ने मापदण्ड बनाइएको छ।