मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंगलसेनमा अनलाईन प्रणालीबाट ब्यक्तिगत घट्ना दर्ता कार्य सुरु

मंगलसेनमा अनलाईन प्रणालीबाट ब्यक्तिगत घट्ना दर्ता कार्य सुरु


होम साउद, अछाम –

जिल्लाको सदरमुकाम समेत रहेको मंगलसेन नगरपालिकाले ब्यक्तिगत घट्ना दर्ता कार्य अनलाईन प्रणाली मार्फत सुरु गरेको छ । नगरको वडा नम्वर ४ बाट औपचारीक रुपमा अनलाईन घट्ना दर्ता कार्य सुरु गरिएको हो ।

बिद्युतिय शासन प्रर्बद्धनमा जोड दिने लक्ष सहित ब्याक्तिगत घट्ना दर्ता कार्यलाई अनलाईन प्रणाली मार्फत गर्न लागिएको नगरपालिकाले जनाएको छ । तत्कालको लागि ईन्टरनेटको पहुँच पुगेका वडामा अनलाईन प्रणाली मार्फत ब्याक्तिगत घट्ना दर्ता कार्य गरिने र आगामी दिनमा अन्य वडामा पनि बिस्तार गरिने नगरपालिकाले जनाएको छ ।

वडा नं. ४ मा सुरु गरिएको अनलाइन प्रणाली अन्र्तगत जन्मदर्ता प्रमाणपत्र हस्तान्तरण गर्दै नगरप्रमुख पदमबहादुर बोहराले अथक प्रयास पछि वडानम्वर ४ लाई अनलाईन प्रणाली मार्फत घट्ना दर्ता सुरु गर्न सफल भएको बताए । सो कार्यमा खटिएका एमआईएस कर्मचारी र वडा कार्यालयलाई नगर प्रमुख बोहराले धन्यवाद ज्ञापन गरेका छन् ।

नगरमार्फत प्रवाह हुने सबै प्रकारका सेवालाई छिटो छरितो र प्रभावकारी बनाउन अनलाईन प्रणाली प्रभावकारी हुने उनको विश्वास छ । बाँकी रहेका वडामा पनि ईन्टरनेटको पहुँच विस्तार गरि अनलाईन घट्ना दर्तालाई व्यवस्थित बनाईने बताउदैँ नगर प्रमुख बोहराले परिवर्तित परिस्थितीलाई मध्यनजर गरेर अन्य शाखाका काम पनि छरितो र सेवाग्राही मैत्री बनाउन कर्मचारीलाई आग्रह गरेका छन् ।’

कार्यक्रममा नगर उपप्रमुख सरिता उपाध्याय, वडानम्वर ४ का अध्यक्ष पदम बहादुर धामी, निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारी, स्टोरकिपर नरेश बहादुर कठायत, राजश्व शाखा प्रमुख दपिक खड्का, वडानम्वर १४ का वडा सचिव रमेश डगौरा, वडानम्वर ४ का वडा सचिव उर्मिला जिसी, एम आई एस अपरेटर एकेन्द्र बोगटी, फिल्ड सहायक दिल बहादुर केसी लगायतको सहभागिता रहेको थियो ।