मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामका थप १६ जनामा कोरोना पुष्टी

अछामका थप १६ जनामा कोरोना पुष्टी


अछाम : अछाम जिल्लाका १६ जना सहित सुदूरपश्चिममा शुक्रबार थप २१ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल प्रयोगशाला र डोटी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा २१ जनामा कोरोना पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा छ सय २८ जनाको कोरोना परीक्षण भएकोमा कैलालीका ६ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

उनले धनगढी उपमहानगरपालिकाको वडा नम्बर १२ का तीनजना, वडा नम्बर ४ का एक जना र टीकापुर नगरपालिका वडा नम्बर १ का एक जनामा कोरोना पुष्टि भएको बताए।  

डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा १५ जनामा संक्रमण पुष्टि भएको छ। दुई सय १२ जनाको कोरोना परीक्षण भएकोमा १५ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले ७ पुरुष र ८ महिलामा कोरोना भाइरसको संक्रमण देखिएको बताए।

उनका अनुसार अछामको पञ्चदेवल विनायक नगरपालिका १५ जनामा कोरोना पुष्टि भएको हो। योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ६ हजार ७ सय ३६ पुगेको छ।