मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाजुराको जिल्ला अस्पतालका डाक्टर बिश्वकर्मा प्रबल जनसेवा श्री (चथुर्त) बाट बिभुषित

बाजुराको जिल्ला अस्पतालका डाक्टर बिश्वकर्मा प्रबल जनसेवा श्री (चथुर्त) बाट बिभुषित


बाजुरा – जिल्ला अस्पताल बाजुराका डाक्टर रुपचन्द्र बिश्वकर्मा प्रवल जनसेवा श्री (चथुर्त) द्धारा सम्मानीत भएका छन । मन्त्रिपरिषद् बैठकले संविधान दिवस (असोज ३) का अवसरमा प्रदान गरिने मानपदवी, अलङ्कार र पदकको टुङ्गो लगाएसंगै बाजुराबाट जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर रुपचन्द्र बिश्वकर्मा पनी बिभुषित भएका हुन ।

मन्त्रिपरिषद् बैठकले राष्ट्रको गौरव बढाउन, उन्नति र कीर्तिमानी राख्न विभिन्न क्षेत्रबाट महत्वपूणर् योगदान पुर्‍याउने महानुभावलाई प्रदान गरिने मानपदवीको टुङ्गो लगाएको हो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङका अनुसार संविधान दिवसका अवसरमा प्रदान गरिने मानपदवी, अलङ्कार र पदकको नाम टुङ्गो लगाएको हो ।

गृह मन्त्रालयले नियमावलीमा व्यवस्था भए अनुसार एक सय जनालाई मानपदवी, ५० जनालाई अलङ्कार र ५० जनालाई पदक सिफारिस गरेको जनाइएको छ । मन्त्रालयका सहसचिव चक्रबहादुर बुढाका अनुसार संविधान दिवसमा एक जनालाई नेपाल रत्नसहित राष्ट्र गौरव, राष्ट्रद्वीप, जनसेवाश्रीमा प्रथम, द्वितीय, तृतीय र चौथो प्रदान गरिन्छ ।

यसपटक कोभिड-१९ महामारीका क्षेत्रमा महत्वपूणर् योगदान पुर्‍याउने महानुभावलाई समेत समेट्नुपर्ने भएकाले ४५० जनाभन्दा बढीले मानपदवी पाउने जनाइएको छ ।