मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश सरकारको लागतमा निर्माण गरिएको गेटमा हसियाँ हतौडाको छाप

प्रदेश सरकारको लागतमा निर्माण गरिएको गेटमा हसियाँ हतौडाको छाप


अछाम ।

पञ्चदेवल बिनायक नगरपालिकाको वडा नं. ८ बारालामा निर्माण भएको गेटमा हसियाँ हतौडाको समेत छाप कोरिएको छ । वडाको प्रबेशद्धारामा निर्माण गरिएको स्वागत गेटमा स्वागतमका साथ साथै बिच भागमा हसिंया हतौडाको समेत चिन्ह राखिएको पाईएको छ ।

सुदुरपश्चिम प्रदेश सरकारबाट बिनियोजित १० लाखको लागतमा उक्त गेट निर्माण गरिएको बुझिन आएको छ । राज्यकोष बाट निर्माण गरिएका यस्ता योजनाहरुमा पार्टीका चुनाव चिन्ह राख्नु गम्भिर गती भएको भन्दै प्रश्न उठ्न थालेको छ ।

वडा नं. ८ वडाध्यक्ष ताराप्रसाद खनालले यस्ता सरकारी निकायबाट प्राप्त रकमबाट निर्माण गरिएका सरकारी संरचनामा पार्टी बिषेश पहिचान झल्कीने गरी प्रयोग भएका शब्द तथा चिन्हले नकरात्मक सन्देश दिने भन्दैँ आपत्ति जनाएका छन् ।

उनले अघि लेखेका छन् यस्ता कार्य नगर्न र समयमै सचेत हुन समेत आग्रह गरेका छन् ।

https://www.facebook.com/photo?fbid=916807089125682&set=a.211045729701825