मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णालीका सरकारी कार्यालय जु’वा खेल्ने अखडा बन्दै

कर्णालीका सरकारी कार्यालय जु’वा खेल्ने अखडा बन्दै


डोल्पा : जिल्ला सदरमुकाम दुनैका कतिपय सरकारी कार्यालय जुवा खेल्ने अखडा बनेका छन्। कर्मचारीहरु नै कार्यालय समयमा सेवा प्रवाह ठप्प पारी जुवा, तास, पारा खेल्ने गरेको पाइएको छ।

अधिकांश सरकारी कार्यालयका कार्यालय प्रमुखदेखि तल्लो तहका कर्मचारीहरु एकै ठाउँमा दिनभर जुवा खेल्ने गरेको नाम नखुलाउने सर्तमा एक सेवाग्राहीले बताए। उनले भने, ‘कार्यालयमा सेवा लिनका लागि प्रमुख भेट्न तीन चार दिन पुगें तर भेट्न सकिएन।

अन्तिममा जुवा खालमा देखें।’ दुनैमा भेरीवारि र पारि रहेका सरकारी कार्यालयका कर्मचारीहरु आफूलाई पायक पर्ने कार्यालयमा जम्मा भएर जुवा, तास, पारा खेल्ने गरेका छन्।

बिहान ११ बजेदेखि पायक पर्ने कार्यालयका कर्मचारीहरु जम्मा हुने र जुवा खेल्ने र कार्यालयमा सहयोगीलाई सर बाहिर जानु भएको भन्न लगाउने गरेको सेवाग्राहीको गुनासो छ।

निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी शर्माले कर्मचारी नै जुवा खेल्ने गरेको गुनासो आएपछि सबै कार्यालय प्रमुखलाई बोलाएर निर्देशन दिन लागेको बताउँछिन्। उनले भनिन्, ‘कर्मचारीहरु कार्यालयमा समयमा जुवा खेलेको ठहरिए कारवाही हुन्छ, छुट कसैले पनि पाउँदैनन्।’

कर्मचारीले कार्यालयमा जुवा खेल्ने गरेको र दुनै बजारमा पनि जुवा लुकीछिपी खेलिरहेको भन्ने सूचना पाएपछि सबै क्षेत्रमा प्रहरी परिचालन गरी अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बताए। उनले भने, ‘हामीलाई गुनासो आएसँगै जुवाडे कर्मचारीको खोजतलासमा गम्भीर भएर लागेको छौं, जुवातास पूरै बन्द गर्छौं।’

कोरोना कहरमा सेवाप्रवाहमा काम कम हुने बहानामा दैनिक कार्यालय नपुगेर कार्यालय र बजारका बन्द कोठालाई जुवा अखडा बनाउने गरे पनि जिल्ला प्रशासनले नियमित अनुगनम गर्ने नगरेको स्थानीयको गुनासो छ। त्यति मात्र नभई डोल्पामा कार्यरत अधिकांश सरकारी कर्मचारीहरु दुर्गमको बहाना देखाएर कार्यालयमा अनुपस्थित हुने गरेका छन्। थाहा खबर