मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दैलेखकका एक कोरोना संक्रमितको कोहलपुरमा मृ’त्यु

दैलेखकका एक कोरोना संक्रमितको कोहलपुरमा मृ’त्यु


बाँके – नेपालगंज मेडिकल कलेज, कोहलपुर बाँकेमा दैलेखका एक कोरोना संक्रमित पुरुषको मृ’त्यु भएको छ। 

नारायण नगरपालिका–८ दैलेखका ५१ वर्षीय पुरुषको आज (आइतबार) दिउँसो मेडिकल कलेजमा उपचारका क्रममा मृ’त्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए। 

स्वास्थ्यमा समस्या देखिए पछि परिवारका सदस्यले आज दिउँसो पौने १ बजे शिक्षण अस्पताल कोहलपुरमा ल्याएका थिए। उनको अस्पताल भर्ना भएको केहीबेरमै मृ’त्यु भएको हो।

कोरोना रिपोर्ट पोजेटिभ आएपछि उनको पेटको आन्द्रा फुटेको र दैलेखमा उपचार सम्भव नभएपछि मेडिकल कलेजमा उपचारका लागि ल्याएको अस्पतालले जनाएको श्रेष्ठले बताएका छन्।