मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चितवन राष्ट्रिय निकुञ्जमा एकै दिन दुई गैंडा मृ’त फेला

चितवन राष्ट्रिय निकुञ्जमा एकै दिन दुई गैंडा मृ’त फेला


चितवन – चितवन राष्ट्रिय निकुञ्जमा एकै दिन दुई गैंडा मृ’तावस्थामा फेला परेका छन् । नारायणी नदीले बगाउँदा भारतको वाल्मीकि टाइगर रिजर्भ क्षेत्रमा सोमबार एउटा गैंडा मृतावस्थामा फेला परेको निकुञ्जले जनाएको छ ।

नारायणी हुँदै गण्डक व्यारेजबाट तलपट्टि बगेर गएको करिब आधा घण्टापछि मृ’त्यु भएको भारतको वाल्मीकि टाइगर रिजर्भबाट सूचना प्राप्त भएको निकुञ्जका सूचना अधिकारी अशोक रामले जानकारी दिए । भारतको प्रोटोकल अनुसार मृत गैंडाको ‘पोष्टमार्टम’ गरी जलाउने काम भारतको वाल्मीकि टाइगर रिजर्भबाट भएको सूचना अधिकारी रामले बताए । 

यस्तै निकुञ्जको सौराहा सेक्टरअन्तर्गत वनकट्टा वनगछियाको १ नम्बर मचान पूर्वपट्टि बाटोको ढिकमा उधोमुन्टो भइ अर्को अन्दाजी १२ वर्षको भाले गैंडा मृतावस्थामा फेला परेको छ । मृत गैंडाको प्रकृति हेर्दा गैंडा एक आपसमा जुँधेर बिरामी भइ मरेको हुनसक्ने अनुमान गरिएको छ ।

गैंडाको पछाडिको खुट्टा भाँचिएको पाइएको निकुञ्जले जनाएको छ ।  गैंडाको खाग र खुर भने सुरक्षित रहेको सूचना अधिकारी रामले बताए । निकुञ्जमा चालु आर्थिक वर्षको तीन महिनामा मात्रै विभिन्न कारणबाट सात गैँडाको मृत्यु भइसकेको छ । निकुञ्जमा अहिले ६०५ गैंडा रहेका छन् ।