मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जाजरकोट जीप दुघ’र्ट’नामा ६ जनाको मृ’त्यु, १ बेपत्ता

जाजरकोट जीप दुघ’र्ट’नामा ६ जनाको मृ’त्यु, १ बेपत्ता


सुर्खेत- जाजरकोटको जुनीचाँदेमा बिहीबार भएको जीप दु’र्घटना’मा मृ’त्यु हुनेको संख्या ६ पुगेको छ।

मृ’त्यु हुनेमा जुनीचाँदे गाँउपालिका वडा नम्बर ११ का वडाध्यक्ष अमरबहादुर शाही, वडा नम्बर ११ का ६२ वर्षीय कीर्तिबहादुर शाही, लालबहादुर बुढा र सोही वडाका स्वास्थ्यकर्मी ३२ वर्षीय खेमराज शाही, वडा नम्बर ५ गर्खाकोटका २९ वर्षीय कृष्णबहादुर शाही र मटेलाकी २५ वर्षीया मालिका बस्नेत छन्।

जाजरकोटका प्रहरी प्रमुख डिएसपी किशोर श्रेष्ठका अनुसार दु’र्घ’टनामा एक जना बे’प’त्ता भएका छन्। त्यस्तै ग’म्भी’र घा’इते भएका वडा नम्बर ११ का नरबहादुर बुढालाई जिल्ला अस्पताल पठाइएको छ।

दरमुकाम खलंगाबाट जुनीचाँदेतर्फ गैरहेको भे १ ज ९३५ नम्बरको जीप जुनीचाँदे गाँउपालिका– १ औलभीरबाट करिब २०० मिटर तल मजकोट खोलामा खसे’को थियो। गाडी धनी एवम् चालक गोरख बस्नेत फ’रार रहेका प्रहरीको भनाइ छ।