मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तातोपानी नाका फेरि ब’न्द

तातोपानी नाका फेरि ब’न्द


काठमाडौं । तातोपानी नाका फेरि अनिश्चितकालसम्मका लागि ब’न्द भएको छ । सामान लोड अनलोड गर्न नेपालबाट पठाइएका २९ जना कर्मचारीमध्ये ३ जनामा कोरोना पुष्टि भएपछि फेरि नाका ब’न्द भएको तातोपानी भन्सार कार्यालयका प्रमुख लाल बहादुर खत्रीले बताए । 

उत्तरी छिमेकी चीनसँगको सबैभन्दा पुरानो सिन्धुपाल्चोकको तातोपानी नाका असोज १९ गते सञ्‍चालनमा आएको थियो । एक दिन सञ्‍चालनमा आएको यो नाका फेरि ब’न्द भएको हो ।

“हामीले २९ जना कर्मचारीको कोरोना परीक्षण नेगेटिभ आएपछि उता पठाएका थियौं । उहाँहरुले पनि पुनः परिक्षण गर्दा तीन जनामा पोजेटिभ देखियो । अहिले नाका बन्द छ । के कसरी खुलाउने छलफल हुँदैछ,” उनले भने ।  

कोरोना पोजेटिभ देखिएका तीन जनालाई जिल्लामा आइसोलेसनमा राखिएको र भोलि परिक्षण हुने उनले बताए । अन्य २६ जना पनि क्वारेन्टीनमा राखिएको छ । “हामीले परिक्षण गरेरै पठाएको हो ।

उता फेरी नेगेटिभ आयो । प्राविधिक विषय हामीले बुझ्ने भएनौं,” उनले भने । असोज १९ गते नाका खुल्दा १२ कन्टेनर सामान आएको थियो ।