मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चन्दननाथ मन्दिरबाट चाेरी भएकाे दाहिने शङ्ख भेटियाे

चन्दननाथ मन्दिरबाट चाेरी भएकाे दाहिने शङ्ख भेटियाे


चन्दननाथको मन्दिरबाट हराएको दाहिने शङ्ख, तस्बिर : नेत्र शाही, जुम्ला ।

जुम्ला – जुम्लामा रहेको चन्दननाथ मन्दिरमा चोरी भएका मूर्तिमध्ये दाहिने शङ्ख भेटिएको छ । चन्दननाथ नगरपालिका १० बोहोरा गाउँको खोलापानेमा एक ओडारमुनि दाहिने शङ्ख भेटिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) तथा सूचना अधिकारी देवराज भट्टराईका अनुसार अनुसन्धान गर्दै जाँदा पक्राउ परेका एक जना व्यक्तिको सहयोगमा शङ्ख लुकाएको ठाउँ पत्ता लगाएकाे हाे ।

रातो प्लास्टिकभित्र सेतो प्लास्टिक र सेतो प्लास्टिकभित्र फाइबरकाे झोलामा बेरेर राखेको अवस्थामा दाहिने शङ्ख भेटिएकाे इन्स्पेक्टर भट्टराईले बताए । यसअघि  चन्दननाथ नगरपालिका १० का स्थानीय सुशील विष्टको खेतको आलीको सुकेको घाँसको थुप्रोमा दोसल्लामा बेरिएको अवस्थामा अन्य दुई मूर्ति भेटिएकाे थियाे ।

प्रहरीले त्याे घटनामा विष्टसहित तीन जनालाई पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये एक जनाको सहयोग तथा बयानअनुसार दाहिने शङ्ख भेटिएको भट्टराईले जानकारी दिए । यसअघि २०७३ साल मङ्सिर ११ गते पनि मूर्ति चोरी भएको  थियो । केही मूर्ति त्यही समयमा पत्ता लागेका थिए ।

सबैभन्दा ठूलो १८ केजीको चाँदीको मूर्ति गएकाे माघ ६ गते चन्दननाथ नगरपालिका १ दानसाँघुको खेतको आलीमा भेटिएको थियो । मूर्ति चो’री घ’टना’को थप अनु’स’न्धान भइरहेको प्रहरीले जनाएको छ ।