मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चौबीस घण्टामा १९ हजार उपत्यका भित्रिए, १९ हजार बाहिरिए

चौबीस घण्टामा १९ हजार उपत्यका भित्रिए, १९ हजार बाहिरिए


काठमाडौं । पछिल्लो चौबीस घण्टामा उपत्यका भित्रिने र बाहिरिनेको संख्या हाराहारीमा देखिएको छ ।

गएको चौबीस घण्टामा विभिन्‍न नाका प्रयोग गरी ४ हजार ५ सय ३१ वटा सवारीसाधनमा १९ हजार ६८८ यात्रु उपत्यका भित्रिएका छन् । 

सोही अवधिमा ४ हजार ४६६ सवारीसाधनमा १९ हजार ७८६ यात्रु उपत्यकाबाट बाहिरिएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार चौबीस घण्टाकै अवधिमा  उपत्यकामा ३३ वटा सवारीसाधन दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । २९ जना घाइते भएका छन् ।

यस्तै उपत्यकामा जोर गते जोर नम्बरका सवारीसाधन सञ्चालनमा छन् । यही जोरबिजोरको उल्लङ्‍घन गर्ने १५५ वटा सवारीसाधनलाई उपत्यकाबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । जसमा दुई पाङग्रे १५५ वटा र ३० वटा ४ पाङग्रे सवारीसाधन छन् ।