मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘यसपालिको दशैँ पुरानै कपडा लगाएर मनाऔँ’

‘यसपालिको दशैँ पुरानै कपडा लगाएर मनाऔँ’


काठमाण्डौ – सरकारले यस वर्ष पुरानै कपडा लगाएर दशैँ मनाउन सबैलाई अनुरोध गरेको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दशैँमा नयाँ कपडा किन्ने चलन रहेको र कपडा किन्न जाँदा कोरोना भाइरस सङ्क्रमणको डर धेरै हुने भएकोले भन्दै यो वर्ष आफूसँग भएकै पुराना कपडा लगाएर दशैँ मनाउन आग्रह गरे । 

अहिले मानिसहरु कोरोना भाइरसको सङ्क्रणलाई बेवास्ता गर्दै किनमेलमा निस्किएको देखिएको भन्दै प्रवक्ता गौतमले सकभर कपडा किन्दै नकिन्न आग्रह गरे । यस्तै खानेकुरा किन्दा पनि सचेतता अपनाउनु पर्ने उनको भनाइ छ ।

उनले यो वर्ष दशैँमा टीका तथा आशीर्वाद थाप्नको लागि यात्रा नगर्न आग्रह गर्दै अहिले जो जहाँ छ, त्यही परिवार बसेर खानेकुरा पकाएर रमाइलोसँग खान आग्रह गरे । टीका थाप्ने वा लगाइ दिनेबाट एक अर्कामा भाइरस सर्ने जोखिम रहने भन्दै उहाँले यो वर्ष फोन तथा अनलाइनबाट मात्र आशीर्वाद लिन बताए।

दशैँ केन्द्रित किनमेलबाट सङ्क्रमण धेरै फैलने डर रहेको भन्दै उनले नजिकका पसलबाट भिड नभएको बेला सुरक्षा सतर्कता अपनाएर खानेकुरा किन्न र यसबाहेक कपडालगायतका सामग्री यो दशैँमा नकिन्न आग्रह गरे ।  

केही दिनयता काठमाण्डाै उपत्यकासहित देशैभर काेराेना भाइरसकाे जाेखिम बढिरहेकाे छ । सक्रिय सङ्क्रमितकाे सङ्ख्या २७ हजार नाघेकाे छ ।