मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मा’ण्ड’ब्य प्रतिष्ठान नेपाल जिल्ला शाखा अछामको बैठक बजगाउँमा सम्पन्न

मा’ण्ड’ब्य प्रतिष्ठान नेपाल जिल्ला शाखा अछामको बैठक बजगाउँमा सम्पन्न


अछाम – अछाम माण्डब्य प्रतिस्ठान नेपाल जिल्ला शाखा अछामको बैठक विभिन्न निर्णय गर्दै बजगाउमा सम्पन्न भएको छ ।

माण्डब्य प्रतिस्ठान अछामका अध्यक्ष संकर प्रसाद बजगाइको अध्यक्षतामा बसेको बैठकले जाल्पादेबी गुठी संस्थानको बिधान तयार गरि दर्ता प्रक्रिया पुरागर्नका लागि जाल्पादेबी गुठी संस्थानको अध्यक्ष दुर्गा प्रसाद बजगाइ रहने गरि ११ सदस्य समिति गठन गरिएको छ ।

जसको उपाध्यक्षमा लक्ष्मी प्रसाद बजगाइ,सचीव लाल प्रसाद बजगाइ,सचीव टंकेश्वरि शर्मा अधिकारी,सहसचिव मिलता अधिकारी ,सदस्य सुशील भण्डारी लगायत ११ सदस्यीय कमिटी गठन गरिएको छ ।

बिष्णु प्रसाद बजगाइको संयोजकत्वमा ११ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ ।

त्यस्तै बैठकले जाल्पादेबी गुठी संस्थानको स्मारिका माण्डब्य प्रतिस्ठान नेपालको उपशाखालाइ जिम्मा दिने निर्णय गरेको छ । बैठकमा सम्पुर्ण माण्डब्य हरुको उपस्तिथि रहेकोे थियो ।