मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्यको बार्षिक समिक्षामा प्रदेश सरकारद्धारा सेभ द चिल्ड्रेन कदरित

स्वास्थ्यको बार्षिक समिक्षामा प्रदेश सरकारद्धारा सेभ द चिल्ड्रेन कदरित

सुदूर आज

अछाम ।

स्वास्थ्यका क्षेत्रमा काम गरिरहेको अन्तराष्ट्रिय गैर सरकारी संस्था सेभ द चिल्ड्रेनलाई कदर गरिएको छ ।

सुदूर पश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय अन्र्तगत स्वास्थ्य निर्देशनालयले सेभ द चिल्ड्रेनलाई कदर पत्र प्रदान गर्दे सम्मान गरेको हो ।

सुदूरपश्चिम प्रदेशका जनताको स्वास्थ्य सुधारमा महत्वपुर्ण भुमिका खेलेको भन्दै संस्थालाई कदर गरिएको प्रदेश सरकारले जनाएको छ ।

सेभ द चिल्ड्रेनले सुदूरपश्चिम प्रदेशमा एचआईभी, टिभी तथा मलेरिया लगायतका क्षेत्रमा क्रियाशिल भएर काम गरिरहेको छ ।

आर्थिक बर्ष २०७६७७ को प्रदेशको बार्षिक समिक्षाका अवसरमा सेभ द चिल्ड्रेनलाई कदर गरिएको थियो ।

आगामी दिनमा समेत यस प्रदेशको स्वास्थ्य क्षेत्रमा सुधारका लागि आवश्यक सहयोगको निरन्तरको समेत अपेक्षा गर्दछौँ सेभ द चिल्ड्रेनलाई प्रदान गरिएको कदर पत्रमा उल्लेख गरिएको छ ।