मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज पूर्व र मध्यका पहाडी क्षेत्रमा हल्का बर्षा हुने सम्भावना

आज पूर्व र मध्यका पहाडी क्षेत्रमा हल्का बर्षा हुने सम्भावना


काठमाण्डाै – आज पूर्व र मध्य क्षेत्रका पहाडी भेगमा हल्का पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश नम्बर १, वाग्मती र गण्डकी प्रदेशका पहाडी केही जिल्लामा हल्का पानी पर्ने अनुमान गरिएको महाशाखाकी मौसमविद् विभूति पोख्रेलले बताए ।

देशका बाँकी भू-भागमा भने सामान्यता मौसम सफा रहनेछ । मौसमविद् पोख्रेलका अनुसार अब यो वर्षका लागि मौसम सक्रिय भएर ठूलो पानी पर्ने सम्भावना भने छैन ।

भोलि र पर्सिको मौसम पनि सामान्यतया सफा नै रहनेछ । केही दिनयता मनसुन खासै सक्रिय छैन । अब छिट्टै बैठक बसेर औपचारिक रुपमा मनसुन बाहिरिएकोबारे जानकारी गराइने मौसमविद् पोख्रेलले बताए ।

बिस्तारै चिसो भने बढ्न थालेको छ । केही दिनयता न्यूनतम तापक्रम घट्दै गएको छ । जुम्लाको आज बिहानको न्यूनतम तापक्रम ४ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ ।

यस्तै काठमाण्डौको १६ दशमलव ५, दिपायलको १७ दशमलव ६,  डडेल्धुराको १३ दशमलव ३,  विराटनगरको १७  र पोखराको १८ दशमलव ५ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ ।