मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कैलाली असई ह’त्या प्रकरणमा ११ जना पक्राउ

कैलाली असई ह’त्या प्रकरणमा ११ जना पक्राउ

सुदूर आज

काठमाडौं । कैलालीमा असई ह’त्या प्रकरणमा संलग्‍न भएको आशंकामा प्रहरीले ११ जनालाई नि’य’न्त्र’णमा लिएको छ । 

गएराति कैलालीमा त’स्क’र समूहले एक प्रहरीको ह’त्या गरेको विषयमा अ’नुस’न्धा’नका क्रममा ११ जनालाई प्रहरीले निय’न्त्र’णमा लिएको सुदूरपश्‍चिम प्रहरी प्रमुख डीआजी उत्तमराज सुवेदीले जानकारी दिएका छन् । 

गएराति धनगढी उप-महानगरपालिका १२ को अस्थायी प्रहरी विट जुगेडामा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विक र प्रहरी जवान रामबहादुर साउँद ड्युटीमा निस्किएका थिए ।

जसमध्ये एकजनाको श’व आइतबार बिहान मोहना नदीमा भेटिएको थियो । 

प्रहरी जवान रामबहादुर साउँद भने अझै फेला परेका छैनन् । तर उनले प्रयोग गर्ने गरेको मोबाइल भने फेला परेको छ । उनको खो’जी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

त’स्क’र समूहले प्रहरीको ह’त्या गरी पानीमा फालेको हुनसक्ने प्रहरीको दाबी छ ।