मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपाध्यक्ष रावलद्वारा गाउँपालिकामा तालाबन्दी

उपाध्यक्ष रावलद्वारा गाउँपालिकामा तालाबन्दी

सुदूर आज

उपाध्यक्ष रावल र उनले गाउपालिका मुल गेटमा लगाएको ताला।

अछाम : तानाशाही शैलिमा गाउपालिका चलाएको भन्दै अछाम जिल्लाको रामारोशन गाउपालिकामा उपाध्यक्षले तालाबान्दी गरेकी छिन्।

गाउपालिका सरकारले एकतन्त्रिय शासन व्यवस्था र तानाशाही शैलिमा काम कारबाही गरेको भन्दै उपाध्यक्ष सरस्वती रावलले बुधबारदेखि अनिश्नितकालिन तालाबन्दी गरेकी हुन्।

एक विज्ञप्ति जारी रावलले स्थानीय सरकार संचालन ऐेन विपरित उपाध्यक्षको अधिकार खोसेर काम भैरहेको जनाएकी छिन्।

योजनाको अनुगमन तथा सुपरीवेक्षणको अधिकार उपाध्यक्षको भएपनि अनुगमन प्रतिवेदनविना योजनाको भुक्तानी दुन लगाएको आरोप रावलले लगाएकी छिन्। कर्मचारी भर्ना तथा छनौटमा अनियमिता गरेको आरोपसमेत उनको छ। योजना छनौटमासमेत केन्द्रियता लाद्दै जनमतको अपमान भैरहेको उनको आरोप छ।

गाउपालिका सरकारले गर्ने हरेक काम कारवाहीमा आन्तरिक तथा पार्टीमा पटक पटक छलफल हुदासमेत कार्यशैलीमा कुनै फरक नआएकोले बाध्य भएर तालाबन्दी गर्नुपरेको विज्ञप्तिमा उल्लेख छ। यो गाउपालिकामा अध्यक्ष झंकर साउद र उपाध्यक्ष रावल दुबै तत्कालिन नेकपा माओवादीबाट निर्वाचित हुन्।

गाउपालिका सरकारले आर्थिक प्रलोभनमा परेर कर्मचारी भर्ना गरेको भन्दै प्रतिपक्षी नेपाली कांग्रेसलेसमेत केही दिन पहिले शान्तडा बजारमा प्रदर्शन गरेको थियो।