मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दार्चुला कम्युनिष्ट आन्दोलनका संस्थापक नेता ठगुन्नाको नि’धन

दार्चुला कम्युनिष्ट आन्दोलनका संस्थापक नेता ठगुन्नाको नि’धन


दार्चुला : जिल्लाको कम्युनिष्ट आन्दोलनका संस्थापक नेता बिरबहादुर ठगुन्नाको नि’धन भएको छ ।

तत्कालीन नेकपा एमाले दार्चुलाका संस्थापक सचिव एवंम् केन्द्रीय अनुशासन आयोगका सदस्य ठगुन्नाको उपचारका क्रममा काठमाडौँमा नि’धन भएको हो ।

विगत ४० महिनादेखि क्यान्सरसँग संघर्ष गरिरहेका ठगुन्नाको काठमाडौँको केएमसी हस्पिटलमा उपचारको क्रममा नि’धन भएको पारिवारिक स्रोतले जनाएको छ ।

ठगुन्नाको जम्न २०१० साल फागुन ३ गते साविकको खार गाविसमा भएको थियो । २०३० सालदेखि बामपन्थी राजनीतिमा प्रवेश गरेका ठगुन्ना २०३५ सालदेखि अनेरास्ववियुमा आबद्ध थिए भने २०४७ सालमा तत्कालिन नेकपा एमाले दार्चुलाको पार्टी सचिव बनेका थिए ।

उनले त्यती बेलादेखि नै कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउदै लगेका थिए । २०४९ सालमा जिल्ला विकास समिति सदस्यमा निर्वाचित भएका ठगुन्ना २०५४ सालमा जिल्ला विकास समिति उपसभापतिमा निर्वाचित भए ।

२०५१ सालमा सुकुम्बासी आयोगका जिल्ला अध्यक्ष हुदै २०५६ मा सांसदको उम्मेदवार पनि बनेका थिए ।