मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकार सजिला काम मात्रै गर्न चाहन्छ

सरकार सजिला काम मात्रै गर्न चाहन्छ


  • राम अविरल बिष्ट

सरकार सजिला कामहरु गर्न चाहन्छ
जस्तो कि, बनाएको बाटोलाई डोजार लगाएर भत्काउने !
बालुवाटार जाने, खुमलटार जाने
चुल्ठो बाट्ने,
मह चाट्ने,
चटपटे बनाउने,
उत्घाटन गर्ने,
रिबन काट्ने,
फुर्टि खाने, चुईगम खाने आदि ईत्यादि !

तँ मुला को होस् ?
तेरो बहिनी बलात्कृत भई त के ? सरकारको दोष हो र ?
के रे, न्याय चाहियो रे ?
चुनाबमा भोट हालेको थिस् र न्याय दिनलाई ?

हेर भाइ,धेरै निहु नखोज यति बेला सरकार अफ्ठेरोमा छ !
ठुला कामहरु गर्न सकिदैन कामरेडहरु रिसाउँछन् !
बरु, कसैलाई सरुवा बढुवा गर्नु पर्यो भने भन्
योजनामा पैशा हाल्नु पर्यो भने भन्
कमिसनमा गाडि किन्नु पर्यो भने भन्
पिसि आर मेसिन चाहियो भने भन्
गाउँमा पार्टीको नाम बेचेर जीवन गुजारा गर्नेहरुले खान लाउन पाएन् भने भन्
कसैको जागिरि चट् गर्नु पर्यो भने भन् !
भिटेनको गीतलाई युट्युबबाट हटाउनु पर्यो भने भन्
दुई तिहाईको सरकार छ, मोज पो गर्ने हो त !

काँ त्यो कोरोना ? काँ को न्याय? काँ को बिकास? काँ को रोजगारी ? काँ को सम्बृद्दि ? काँ को सुसासन ?
गार्हो हुन्छ के बाबु, झन्झटमा फस्नु हुदैँन !

यस्तो बेलामा त, रै’ला गर्नु पर्छ रै’ला !

यी नाना थरिका कुराहरु ल्याएर सरकारलाई अफ्ठेरोमा पार्ने काम चै गर्दै नगर्नु बुझिस् ?

ए बे, भने त यार, सरकार सजिला कामहरु मात्रै गर्न चाहन्छ !