मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कालिकोटमा क्याम्पस अध्यक्ष विद्यार्थी बनेपछी

कालिकोटमा क्याम्पस अध्यक्ष विद्यार्थी बनेपछी


कालिकोटको नरहरिनाथ गाउँपालिकामा रहेको नन्दादेवी बहुमुखी क्याम्पस संचालन समितिको अध्यक्षमा नन्दादेवी बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थी नै रहेको पाइएको छ ।

बहुमुखी क्याम्पस संचालक समितिको अध्यक्षमा सोही विद्यालयमा अध्ययनरत विद्यार्थी नै हुन नपाउने प्रावधान रहेपछि विगतदेखि नै क्याम्पसमा अध्ययनरत विद्यार्थी नै संचालक समितिको अध्यक्ष भएर क्याम्पस संचालन भइरहेको छ ।

विगत ७ वर्षदेखि नन्दादेवी बहुमुखी क्याम्पसको संचालनक समितिको अध्यक्षमा क्याम्पसका विद्यार्थी अग्रबहादुर विष्ट ९सुनिल० नै रहेका छन् । क्याम्पसमा अध्ययनरत विद्यार्थी नै संचालक समितिको अध्यक्ष पदमा रहेर काम गर्दै आइरहेको नरहरिनथा गाउँपालिका स्थानीय नागरिकले बताएका छन् ।

सोही क्याम्पसमा अध्ययनरत विद्यार्थीले संचालक समितिको अध्यक्ष हुन नपाउने भएपनि नरहरिनाथ गाउँपालिका–१ निवासी अग्रबहादुर विष्ट ‘सुनिल’ ७ वर्षदेखि आफू अध्ययनरत बहुमुखी क्याम्पसको अध्यक्ष पदमा रहेर काम गर्दै आइरहेका हुन् ।

यसरी एकै व्यक्ति विना प्रतिसपर्दा संचालनक समितिको अध्यक्ष भइरहेको भन्दै स्थानीय नागरिकले गुनासो गरेका छन् । क्याम्पस स्थापनाकालदेखि नै अग्रबहादुर विष्ट संचालक समितिको अध्यक्ष बनेका छन् । अध्यक्ष बन्नु भन्दा पहिले उनी क्याम्पसको विद्यार्थी नभएपनि अध्यक्ष बनिसकेपछि अहिले क्याम्पसका विद्यार्थी हुन् । उनी अहिले विएड तेस्रो बर्षमा अध्ययनरत रहेका छन् ।

क्याम्पसको स्थापना कालमा उनी संचालक समितिको अध्यक्ष भएपनि क्याम्पसका विद्यार्थी भइसकेपछि राजीनामा दिनुपर्ने जानकारवाला बताउँछन् । विष्ट अध्यक्ष भएदेखि नन्दादेवी बहुमुखी क्याम्पसको साधारणसभा समेत हुन नसकेको नागरिकले बताएका छन् ।

त्यतिमात्र होइन क्याम्पस संचालक समितिको नियमित बस्नुपर्ने बैठक समेत बस्न नसकेको क्याम्पस संचालक समितिका सदस्य निर्मल कुमार विष्टले बताए । उनका अनुसार, संचालक समितिको अध्यक्ष हुन अभिभावक हुनुपर्छ ।

तर, विद्यार्थीले नै बहुमुखी क्याम्पसको संचालन गरिरहेका छन् । अग्रबहादुर विष्ट २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा पूर्व माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार समेत हुन् । कालिकोटबाट हस्त चौलागाँईले खबर पठाएका छन ।