मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णालीका मुख्यमन्त्री घोडाबाड लडे – हेलिकोप्टरबाट सुर्खेत ल्याइयो

कर्णालीका मुख्यमन्त्री घोडाबाड लडे – हेलिकोप्टरबाट सुर्खेत ल्याइयो


कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही घोडाबाट लडेर घाइते भएका छन् । शाही शनिबार विकास निर्माणको काम अनुगमन गर्न हुम्ला पुगेका थिए । यातायातको साधन नहुँदा घोडा चढेका शाही लड्न पुगेको र घाइते भएको प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले जानकारी दिए । उनलाई हेलिकोप्टरमार्फत् सुर्खेत पुर्‍याइएको उनले बताए ।

“उहाँ हुँलाको लिमी भन्ने ठाउँमा पुग्नुभएको थियो । घोडाबाट लडेर घाइते भएपछि हेलिकोप्टरबाट सुर्खेत पुर्‍याएको छ । अवस्था विस्तृतमा बुझ्न पाएको छैन,” रावलले बाह्रखरीसँग भने ।

प्रदेशअन्तर्गत जिल्लाका कार्यक्रम र त्यहाँका अवस्था बुझ्न शाही मुगु हुँदै हुम्ला पुगेका थिए । प्रदेश सरकारले कर्णाली प्रदेशको विकास एवं राजमार्गको अवस्था, कोरोना तथा प्राकृतिक विपत्ले पारेको प्रभाव र प्रदेश सरकारद्वारा सञ्चालित योजनाको अनुगमका लागि शुक्रबार उनी मुगु पुगेको रावलको भनाइ छ ।baahrakhari