मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१ दिने कार्यशाला तथा अन्तरक्रिया कार्यक्रम कमलबजारमा सकियो

१ दिने कार्यशाला तथा अन्तरक्रिया कार्यक्रम कमलबजारमा सकियो

सुदूर आज

अछाम : कोरोनाले बालबालिकाहरु माथि परेको असर र बाल संरक्षण सम्बन्धि १ दिने कार्यशाला तथा अन्तरक्रिया कार्यक्रम कमलबजारमा सकिएको छ ।

वाक नेपाल र वल्ड भिजनको साझेदारीमा संचालति पावर परियोजनाको आयोजना तथा कमलबजार नगरपालिकाको समन्वयमा भएको कार्यक्रम कमलबजार नगरपालिकाका नगर उपप्रमुख भुमिसरण ढकाल बजगाईको अध्यक्षतामा भएको थियो।

कार्यक्रममा विश्व महामारि को रुपमा फैलिरहेको कोरोना भाईरस कोभिड १९ को कारण गरिएको बन्दाबन्दी ले बालबालिका मा परेका विभिन्न असर र बाल संरक्षण का सम्बन्धमा अन्तरक्रियात्मक कार्यक्रम गरिएको हो ।

यस्तै अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले बालबालिका हरुमा बालबिबाह बढेको, पठनपाठनमा समस्या भएको, बालबालिका मा मनोबैज्ञानिक रुपमा समेत असर परेको धारणा राखेका थिए। साथै यस बिषयमा सरोकारवालाहरुलाई ध्यान दिन समेत सहभागिले आग्रह गरेका थिए।

कार्यक्रममा नगर उपप्रमुख भुमिसरण ढकाल बजगाईले कोरोना भाईरसले यस नगरपालिकाका बालबालिका मा थुप्रै असर परेको र यसलाई अब विभिन्न जनचेतनामुलक कार्यक्रम गरि बालबालिकामा सहि सोच र सकरात्मक बिचारका लागि सबैले पहल कदमि गर्नु पर्ने धारणा ब्यक्त गरिन। यस्तै कार्यक्रममा बोल्दै नि प्रमुख प्रशासकीय अधिकृत बिष्टले बालबालिकामा विभिन्न क्रियाकलापमा नकारात्मक असर परेको, आगामि दिनमा स्वास्थ्य मापदण्ड अपनाई बालबालिका का लागि रचनात्मक क्रियाकलाप गराउनु पर्नेमा जोड दिए।

बाल संरक्षणका लागि सम्बन्धित वडा, बिधालय र नगरपालिका ले विभिन्न जनचेतनामूलक कार्यक्रम गर्ने , तिहार लगत्तै बिधालय हरुमा पठनपाठन कार्य सुरु गरिने लगायतका बिषयमा छलफल गरिएको थियो।