अछाम : जिल्लाको मेल्लेख गाउपालिकाले आफ्नै बस सेवा संचालन गरेको छ। गाउपालिकाले जिल्लामै पहिलो पटक बुधबारबाट बस सेवा संचालन गरेको हो।
गाउपालिकाका उपाध्यक्ष धनबहादुर शाहीले बस सेवा सुभारम्भ गरे। गाउपालिकाले दुई वटा बसबाट मेल्लेख देखि व्यपारिक केन्द्र साफेबगर- सदरमुकाम मंगलसेन रुटमा सेवा दिने जनाएको छ।
हाल व्यक्तिगत जिपबाट यात्रा गरिरहेका यात्रुलाई गाउपालिकाले नै बस संचालन गरेपछि यात्रामा सहजता हुने स्थानीयले विश्वास लिएका छन्। एक बस ३० सिट क्षमाताको छ।
प्रतिक्रिया