मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस अछामले भोली साँफेबगरमा सरकारका विरुद्ध बिरोध प्रर्दशन गर्दै, एनपी साँउदले सम्बोधन गर्ने

कांग्रेस अछामले भोली साँफेबगरमा सरकारका विरुद्ध बिरोध प्रर्दशन गर्दै, एनपी साँउदले सम्बोधन गर्ने


अछाम । नेपाली कांग्रेसले भोली देशैभरका ७७ जिल्लमा बिरोध प्रर्दशनको आयोजना गरेको छ । सरकारको अर्कमण्यता, सर्वसत्तावाद, बिसंगती र भ्रष्टचारका बिरुद्ध देशभरका जिल्लामा बिरोध प्रर्दशनको आयोजना गरिएको हो ।

तनुहँ घट्ना र सरकारका अन्य दमनको प्रतिवाद गर्न बिरोध प्रर्दशनको आयोजना गरिएको कांग्रेसले जनाएको छ । सोही अनुरुप अछाम जिल्लामा पनि भोली बिरोध प्रर्दशन हुने भएको छ । जिल्लाको मुख्य व्यापारिक केन्द्र साँफेबगरमा कांग्रेस अछामले बिरोध प्रर्दशनको आयोजना गरेको पार्टी सचिव नम बहादुर शाहीले सुदूरआजलाई बताए ।

सचिव शाहीका अनुसार बिरोध प्रर्दशनका लागि जिल्लाका सबै तहबाट नेता कार्यकर्ता साँफेबगर पुगिसकेका छन् भने केही भोली बिहान पुग्ने तयारी रहेको छ । बिरोध प्रर्दशनको सम्पूर्ण तयारी समेत पुरा भएको सचिव शाहीले बताए ।

बिरोध प्रर्दशनका लागि मुख्य वक्ताका रुपमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री एनपी साँउद सहभागी हुदैछन् । केन्द्रिय सदस्य साँउद आजै बेलुका अछाम आईपुग्ने कार्यक्रम रहेको कांग्रेस अछामले जनाएको छ ।

यसैबिच बिरोध प्रर्दशन कार्यक्रम अन्र्तगत नेविसंघ अछामले कार्यक्रमको पूर्व सन्ध्यामा आज साँफेबगर हुदैँ जगयढ सम्म बिरोध स्वरुप मोटरसाईकल र्याली सहित सिट्ठी फुकेको छ । सरकारको अराजक्ता, सर्वसक्तावाद र अर्कमण्यताका कारण देशैभरको बिरोध अनुसार अछाममा पनि कार्यक्रम गरिएको नेविसंघ अछामका अध्यक्ष नृप साँउदले बताए ।

मोटरसाईकल र्याली सहित सिट्ठी फुक्ने कार्यक्रमको नेतृत्व नेबिसंघ अछामका अध्यक्ष साँउदले गरेका छन् । जिल्लाको सदरमुकाम हुनुपर्ने कार्यक्रम मंगलसेन नगरपालिकामा कोरोना संक्रमण दर उच्च भएकाले नगपालिका सिल भएको भन्दै साँफेबगर सारिएको अध्यक्ष साँउदले सुदूरआजलाई जानकारी दिए ।