मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुर्खेत बस दुर्घटना : दुई जनाको परिचय खुल्यो, एक जना बेप’त्ता

सुर्खेत बस दुर्घटना : दुई जनाको परिचय खुल्यो, एक जना बेप’त्ता


सुर्खेत – सुर्खेतमा भएको बस दुर्घटनामा ज्यान गुमाउने र घाइते हुनेको परिचय खुलेको छ । बिहीबार दिउँसो छिन्चु जाजरकोट सडक खण्डमा पर्ने गुर्भाकोट नगरपालिका ९ मा  दाङको चन्द्र–सूर्य यातायात समितिको ना ५ ख ७७५० नम्बरको बस दुर्घटना भएको थियो ।

दुर्घटनामा बस चालक दाङको बबई गाउँपालिका ३ का सुमन नेपालीको ज्यान गएको छ भने सल्यानको कालीमाटी गाउँपालिका ४ का किशोर सुनार घाइते भएका छन् । 

बेपत्ता भएका एक जनाको भने परिचय नखुुलेको प्रहरीले जनाएको छ । दाङबाट सल्यानको सल्लीबजारतर्फ जाँदै गर्दा अनियन्त्रित भएर बस दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुुख उपेन्द्रप्रसाद आचार्यले जानकारी दिए । 

उनले बसमा चालक, सहचालक र एक जना यात्रु गरेर तीन जनामात्र रहेको बताए । घाइते भएका सुनारलाई उपचारका लागि नेपालगञ्ज पठाइएको उनको भनाइ छ । बेपत्ता  भएकाको खोजी भइरहेको छ ।