गण्डकी प्रदेश

थकाली यूवा परिवारद्धारा कार्यकारी निर्देशक डा. गौचन सम्मानित

पोखरा । थकाली यूवा परिवार केन्द्रिय समितीले डा. विकास गौचनलाई सम्मान गरेको छ ।

नेपालको पहिलो संक्रामक तथा सरुवा रोग अस्पताल गण्डकी प्रदेशको कार्यकारी निर्देशकमा डा. गौचन नियूक्त भएको भन्दै परिवारले सम्मान गरेको हो ।

पविारको केन्द्रिय समितीले एक कार्यक्रमका बिच डा. गौचनलाई सम्मान पत्र प्रदान गर्दै सम्मान गरेको हो ।

थकाली युवा परिवारका केन्द्रिय समितीका सक्रिय सदस्य रहेका डा. गौचनलाई कार्यकारी निर्देशकको पदभार ग्रहण गरेपछि सम्मान गरिएको परिवारका सचिव बिकल शेरचनले जानकारी दिए ।

डा. गौचनले समग्र नेपालकै स्वास्थ्य क्षेत्रमा दिएको योग्दानको कदर गर्दै थकाली युवाहरुको प्रतिनिधित्व गरेको भन्दै आगामी कार्यकालको कामना गर्दै सम्मान गरिएको परिवारका केन्द्रिय अध्यक्ष योगेन्द्र शेरचेनले बताए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अछाममा दलहरुका प्रचार प्रसारका कार्यक्रम अन्तिम चरणमा
दार्चुलाका सीमा नाकामा सशस्त्र प्रहरीले निगरानी बढाउँदै
राजनीतिलाई जनताका लागि काम गर्ने अवसरको रुपमा लिएको छु, जित्नेमा ढुक्क छु : रावल
कमलबजारको जनसागर देख्दा मैले पनि चुनाव जितिसकेको अनुभुती भयो : उपमहासचिव तुलाधार