मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मध्यपहाडी सडकले चम्किदैँ अछामका स्थानिय बजार

मध्यपहाडी सडकले चम्किदैँ अछामका स्थानिय बजार


‘फाईल फोटो साँफेबगर ।‘

अछाम ।

पूर्व पाँचथरको चियोभञ्ज्यांग देखि पश्चिम बैतडीको झुलाघाटसम्म पहाडै पहाड जोड्ने मध्य पहाडी राजमार्गको ६५ किलोमिटर सड्क अछाम खण्डमा पर्छ । उक्त खण्डको काम लगभग अन्तिम चरणमा पुगेको छ । पुष्पलाल लोकमार्ग नाम दिईएको उक्त सड्क खण्डको अन्य ठाँउमा समेत काम धमाधम भईरहेका छन् ।

मध्यपहाडी लोकमार्ग अन्र्तगत अछाम खण्ड जोड्का लागि ६५ किलोमिटर सड्क निर्माणको काम २०७२ सालमा सुरु भएको थियो । मध्य पहाडी सडकले अछामका बजार र ग्रामीण जीवन स्तरमा परिवर्तन ल्याउन थालेको छ ।

पूर्वी अछामको बेलखेतबाट प्रबेश गरेर अछामको मध्यभागबाट चौखुट्टे हुदै जाने सडकमा छेउमा बजार बिस्तार, बस्ती विकास, ग्रामीण सडक निमाण र कृषि उत्पादनले चमक ल्याउन थालेको छ ।

मध्यपहाडी राजमार्गले यातायातमा सहजता बजारको बिस्तारिकरण, कृषि उत्पादनमा बृद्धि र बसाईसराई रोकेको स्थानीय नम बहादुर बिष्टलेको भनाई छ । सडक कालोपत्रे भएपछि यातायातमा सुबिधा ल्याएसगै सडक छेउमा बजार बिस्तार र आर्थिक क्रियाकलापको विकास हुन थालेका उनले बताए ।

मध्यपहाडी सकड निमार्णसगै बेलखेत, बिनायक, गैरीटाढ, ठाँटीखाद, ठुलासेन र कैलाश खोला क्षेत्रमा बजार बिस्तार हुन थालेका हुन । सडक छेउका बजारमा मानिसहरु लगानी लाएर होटल पसलहरु स्थापना गर्नेको सख्या बढेन थालेको कैलाख रिसोर्टका संचालक दिपक रावलले बताए ।

मध्यपहाडि राजमार्ग कालोपत्रेसगै कर्णाली प्रदेश र अन्य तराईका जिल्ला जान सहजता भएको छ । मध्यपहाडी राजमार्ग करिब ६५ किलोमिटर अछाम खण्ड २०७२ बाट सुरु भएर कालोपत्रेको काम अन्तिम चरणमा पुगेको छ ।