मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भूमि सम्बन्धी समस्या समाधान आयोग अछामको जिमेवारी साउदलाइ

भूमि सम्बन्धी समस्या समाधान आयोग अछामको जिमेवारी साउदलाइ


अछाम : भूमि सम्बन्धी समस्या समाधान आयोगले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट पदाधिकारी मनोनित गरेको छ।

आयोगले कैलाली जिल्लाबाट दीपक देवकोटा, दुजराम चौधरी र बलबहादुर महतालाई सदस्यमा मनोनित गरेको छ।

बाजुराबाट रामलाल कार्की, कञ्चनपुरबाट कमला कुमारी बोहरा, डडेल्धुराबाट पदमराज जोशी, अछामबाट कटकबहादुर साँउद, दार्चुलाबाट रामदत्त जोशीलाई मनोनित गरिएको हो।

यस्तै डोटीबाट गणेशबहादुर बिष्ट, बझाङबाट कलकबहादुर खड्का र बैतडीबाट नरेशकुमार विश्वकर्मालाई मनोनित गरिएको आयोगका केन्द्रीय सदस्य अगस्त अधिकारीले बताए।