मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिकामा हिमपात, न्यूयोर्क र न्यू जर्सीमा आपतकाल घोषणा

अमेरिकामा हिमपात, न्यूयोर्क र न्यू जर्सीमा आपतकाल घोषणा


काठमाडौं । अमेरिकामा भीषण हिमपात भएको छ । अमेरिकाको पूर्वी तटलाई चिसोले निकै असर पारेको बीबीसीले लेखेको छ । हवाइ उडानलाई समेत असर परेको छ । यसले कोरोना खोपस्थलसमेत बन्द गर्नुपर्ने अवस्था रहेको छ ।

न्यूयोर्क शहरलाई निकै नै अवरोध पुर्याएको छ । त्यस्तै सोमबार दिउँसो न्यूजर्सीमा ४८ सेन्टिमिटर हिउँ पग्लेको छ । त्यस्तै पेन्सिल्भानियामा ४३ सेन्टिमिटर हिउँ पग्लेको छ । 

न्यूयोर्क र न्यू जर्सीमा आपतकाल घोषणा गरिएको छ । अमेरिकी राष्ट्रिय मौसम विभागले आँधी मंगलबार न्यू इंगल्याण्डतिर सर्ने बताएको छ । उक्त तुफानको गति ८० किलोमिटर प्रतिघण्टाको रहेको र यो धेरै दिनसम्म रहने अनुमान पनि गरिएको छ । 

न्यूयोर्कमा सोमबार धेरै क्षेत्रमा यात्रामा प्रतिबन्ध लगाइएको थियो । मंगलबार विद्यालयहरुसमेत खुल्ने छैनन् ।