मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शिक्षकले छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप

शिक्षकले छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप


अछाम : जिल्लामा शिक्षकले छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ।  

जिल्लाको साँफेबगर नगरपालिका–१३ बाब्लामा रहेको राष्ट्रिय माध्यमिक विद्यालयमा कार्यरत शिक्षकले सोही विद्यालयको कक्षा १० मा अध्यनरत छात्रामाथि यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरु आन्दोलित भएका छन्।  

शनिबार वनभोज गएको बेला शिक्षकले छात्रामाथि यौन दुर्व्यवहार गरेको विद्यार्थीहरुको आरोप छ। उनीहरुले घटनाको निष्पक्ष छानविनको माग गर्दै विद्यालयमा तालाबन्दी समेत गरेका छन्। 

यस विषयमा वडा नम्बर १३ का अध्यक्ष सागर सिह बाब्लीले घटना भएको भन्ने जानकारी पाएको बताए। ‘अहिले प्रहरीले आरोपित शिक्षक, बालिका र प्रत्यक्षदर्शीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ’ उनले भने, ‘विद्यार्थीहरुले विद्यालयमा तालाबन्दी गरेपछि घटनाका विषयमा शिक्षक अभिभावक संघको बैठक बसेको छ।

तर अछाम प्रहरीले भने घटनाबारे अहिलेसम्म आफुलाई जानकारी नभएको बताएको छ। प्रहरीले घटनाबारे जानकारी लिइरहेको बतायो।