मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उद्यमशिलता विकास तालिमको अनुगमन

उद्यमशिलता विकास तालिमको अनुगमन


अछाम : मंगलसेन नगरपालिका वडा नम्वर ३ र ५ मा सञ्चालित उद्यमशिलता विकास तालिमको मंगलसेन नगर उपप्रमुख सरिता उपाध्याय नेतृत्वको टोलिले स्थलगत अनुगमन गरेको छ ।

नगरपालिका अन्तरगत गरिबि निवारणका लागि लघु उद्यम विकास कार्यक्रमको आयोजनामा भइरहेको तालिममा सहभागीलाइ व्यवसाय गर्नुपूर्व उद्यमशिलता सम्वन्धी जानकारी भइरहेको छ ।  

अनुगमनका क्रममा नगर उपप्रमुख उपाध्यायले २ वटै वडाका स्थानीय महिला तथा पुरुषहरुलाई उद्यमशिलता प्राप्त गरिसकेपछी व्यवसाय गर्न प्रेरित गरिने बताईन्।

अनुगमन कार्यमा नगरपालिका सूचना अधिकारी तथा प्रशासन शाखा प्रमुख बिष्णु प्रमुख बिष्णु जैशी, मेड्पा कार्यक्रमका सम्पर्क व्यक्ति एकेन्द्र बोगटी, एम आइ एस अपेटर होम बहादुर साउदको सहभागिता रहेको थियो ।

वडा नम्वर ३ को तालिमको शान्ती खड्का र ५ मा सञ्चालित तालिमको राम बहादुर बुढाले गरिरहेका छन् ।