मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भागरथी बलात्कार हत्या प्रकरण : आरोपितसँग मृतकको डीएनए म्याच

भागरथी बलात्कार हत्या प्रकरण : आरोपितसँग मृतकको डीएनए म्याच


काठमाडौं– बैतडीकी किशोरी भागरथी भट्टको बलात्कार र हत्या प्रकरणका आरोपित दिनेश भट्टको डीएनए मृतकको भजाइनल स्वाबबाट निकालिएको डीएनएसँग म्याच भएको छ। 

प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालामा गरिएको परीक्षणबाट डीएनए म्याच भएको रिपोर्ट आएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेश सिंहले जानकारी दिए।

‘घटनामा अन्य वस्तुगत तथ्य र प्रमाणसमेत मिलेकै कारण आरोपित ठहर गरेका थियौं,’ उनले भने,‘ अहिले डीएनएसमेत म्याच भएको छ।’

मृतक भट्टको जिल्ला अस्पताल बैतडीमा गरिएको पोष्टमार्टमका क्रममा डीएनए परीक्षणका लागि भजाइनल स्वाब निकालिएको थियो। फागुन ४ गते दिनेशको संलग्नता रहेको भन्दै प्रहरीले पक्राउ गरेको थियो। फागुन २६ गते जिल्ला अदालत, बैतडीले पुर्पक्षका लागि दिपायलस्थित सुधार गृह पठाउन भनेको थियो।

सुधार गृहमा रहेका बेला उनले आफू घटनामा संलग्न नरहेको र अरु कसैको संलग्नता रहेको भन्दै परिवारका सदस्यहरूलाई जानकारी दिएपछि उनका बुवाले पत्रकार सम्मेलन गरेर छोराको संलग्नता नदेखिएको बताएका थिए।

डीएनए म्याच भएसँगै अनुसन्धान थप बलियो बनेको एसएसपी सिंहले जानकारी दिए। 

बैतडीको दोगडाकेदार गाउँपालिका–७, चुडेपानीकी भागरथीको शव माघ २३ मा खोचलेक क्षेत्रमा रहेको लवलेक जंगलमा भेटिएको थियो।