मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खाद्य सुरक्षाका लागि भकारी परियोजना

खाद्य सुरक्षाका लागि भकारी परियोजना


अछाम : जिल्लामा भकारी परियोजना लागू गरिने भएको छ । जिल्लाका १३ ओटा वडामा परियोजना लागू गरिने भएको हो ।

कर्णाली जलाधार क्षेत्रमा रहेका संकटासन्न तथा सामाजिक वञ्चितीकरणमा परेका घरधुरीको खाद्य सुरक्षा र उत्थानशीलता क्षमता अभिवृद्धि गर्ने हेतुले परियोजना लागू गर्न लागिएको बताइएको छ । 

परियोजनाले ३ वर्षसम्म कर्णाली नदीको आसपासमा रहेका अछाम सहित सुर्खेत, दैलेख, कालिकोट, जुम्ला र मुगु जिल्लाका अति विपन्न २२ हजार ३ सय ५० घरधुरीलाई लक्षित गरी १ करोड ५० लाख डलर लगानी गर्ने जनाइएको छ । 

अछाममा युएसएड र मर्सीकोरको सहयोगमा वाक नेपालले परियोजना सञ्चालन गर्न लागेको हो ।