मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाम क्षेत्र नं.१ (ख) मा पनि उपनिर्वाचन हुने

अछाम क्षेत्र नं.१ (ख) मा पनि उपनिर्वाचन हुने


अछाम क्षेत्र नं. १ (ख) मा पनि उपनिर्वाचन हुने भएको छ । नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवार भइ निर्वाचित भएका सुदुरपश्चीम सभाका सांसद झपट बोहराको पद खोसिएपछि अछाम क्षेत्र नं. १ (ख) मा उपनिर्वाचन हुने भएको हो।

आयोगका सूचना अधिकारी सूर्यप्रसाद आर्यालले सम्बन्धित दलको सिफारिसमा प्रतिनिधी सभाबाट सो क्षेत्र खाली भएको घोषणापछि उपनिर्वाचन हुने जानकारी दिए। सरकारले निर्वाचनको मिति तोकेपछि तयारी थालिने उनको भनाइ थियो।

अछाम क्षेत्र नं. १ (ख) मा माओवादी केन्द्रबाट प्रदेश सभामा निर्वाचित भएका पूर्वमन्त्री झपट बोहरा पनि नेकपा एमालेमा प्रवेश गरेपछि उनलाई माओवादी केन्द्रले स्पष्टीकरण सोधेको छ। माओवादी केन्द्रमा नफर्किने अडानमा रहेका बोहरालाई कारवाही हुने निश्चित देखिएको छ। जुनकारण उनी निर्वाचित क्षेत्र खाली भइ उपनिर्वाचन हुने देखिएको हो।

सांसद पद रिक्त हुने अवस्था
नेपालको संविधानको धारा ८९(ङ) बमोजिम जुन दलको उम्मेदवार भइ सदस्य निर्वाचित भएको हो, त्यो दलले संघीय कानुन बमोजिम निजले दल त्याग गरेको कुरा सूचित गरेको अवस्थामा स्थान रिक्त हुने प्रावधान छ।

सदस्यको पद रिक्त भएको अवस्थामा उनीहरु निर्वाचित निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुुने प्रावधान समेत रहेको छ। आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले प्रतिनिधि सभा सदस्यको पदको अवधि सकिन ६ महिना बाँकी रहेको र स्थानीय तहको हकमा १ वर्ष बाँकी रहँदा पद पूर्तिको लागि उपनिर्वाचन हुने व्यवस्था रहेको जानकारी दिए।