मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा भएको स्वास्थ्य शिविरबाट ३ सय बढीले सेवा पाए

अछाममा भएको स्वास्थ्य शिविरबाट ३ सय बढीले सेवा पाए


अछाम : जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर १३ को बाँडा र वस्तीमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा ३ सय बढीले सेवा लिएका छन् ।

चैत्र २६ र २७ गते २ दिनसम्म सञ्चालन भएको चिकित्सक सहितको स्वास्थ्य शिविरमा ३ सय २० जनाले सेवा लिएका जिल्ला स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयको आयोजना तथा मंगलसेन नगरपालिकाको समन्वय एवम् सहयोगमा दुई दिने एकीकृत स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो ।

उपचार गरिएका मध्ये पाठेघरको मुखको क्यान्सरको समेत जाँच गरिएको थियो र २ जनामा क्यान्सरको सम्भावित लक्षण पाएकोले पुनः परिक्षण, थप सेवा तथा परामर्शको लागि जिल्ला अस्पतालमा प्रेषण गरिएको जिल्ला स्वास्थ्य प्रमुख झनकराज ढुंगानाले जानकारी दिए ।

यस्तै ४६ जना गर्भवती महिलाको भिडियो एक्सरे द्वारा जाँच गरिएको छ भने करिब २७० भन्दा बढी बिरामीहरूको चिकित्सकद्वारा जाँच तथा उपचार गरिएको छ ।

शिविरमा करिव ३५ जनालाई विभिन्न प्रकारको प्रयोगशाला सेवा समेत प्रदान गरिएको छ । जिल्ला सदरमुकामबाट करिब १ दिनको पैदल दूरीमा रहेको ठाउँमा शिविर सञ्चालन गरि स्वास्थ्य सेवा पाएको भन्दै स्थानीयले खुसी व्यक्त गरे ।

स्वास्थ्य शिविरमा जिल्ला अस्पतालका मेडिकल अधिकृत डा. प्रेम प्रसाद ढुंगाना, डा. देवान्सु भट्ट, नगरपालिका स्वास्थ्य शाखा संयोजक मान बहादुर सोडारी, सिनियर अहेव चन्द्रप्रसाद ढुंगाना, तेज बहादुर साउद, हेल्थ असिस्टेन्ट बिष्णु रावल, सिनियर अनमी टीका शर्मा, अहेव प्रवेश भण्डारी, ल्याव असिस्टेन्ट टोप बहादुर बिष्ट लगायतले सेवा दिएका थिए ।

जिल्लामा समय समयमा चिकित्सक सहितको टोलिद्वारा एकीकृत स्वास्थ्य शिविर सञ्चालन गरिँदै आएको छ।