मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बैधनाथ क्षेत्रको संरक्षण र विकाश गरे मात्र जिल्लामा पर्यटक भित्रिनेमा राष्ट्रिय सभा सदस्य कुँवरको जोड

बैधनाथ क्षेत्रको संरक्षण र विकाश गरे मात्र जिल्लामा पर्यटक भित्रिनेमा राष्ट्रिय सभा सदस्य कुँवरको जोड


बैधनाथ धाम पर्यटन विकास तथा ब्यबस्थापन समिती अछामको कार्यालयको उद्घाट

अछाम : बैधनाथ धाम पर्यटन विकास तथा ब्यबस्थापन समिती अछामको कार्यालयको आज उद्घाटन गरीएको छ । पर्यटन बिकास तथा ब्यबस्थापन समिती अछामका अध्यक्ष खड्क बहादुर खड्काका अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी रास्ट्रिय सभा सदस्य शेर बहादुर कुँवर रहेका थिए ।

कार्यक्रममा विशिष्ट अतिथी जिल्ला समन्वय समिती प्रमुख नर बहादुर कुवर र मंगलसेन नगरपालिकाका प्रमुख पदम बोहरा रहेका थिए ।

उद्घाटन कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव झंकर बहादुर बिष्ट, नेकपाका प्रतिनिधि राजेन्द्र कुँवर, नेपाली काग्रेस क्षेत्र नं १ का क्षेत्रीय सभापती कृष्ण बुढा, प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्ल, स्वास्थ्य कायालय प्रमुख झनक राज ढुङगाना, अछाम प्रहरी प्रमुख डिएसपी तुलसिराम अर्याल लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि रास्ट्रिय सभा सदस्य कुँवरले बैधनाथ क्षेत्रका संरक्षण र सम्र्बद्धन गरे मात्र जिल्लामा पर्यटकहरु भित्रिने बताए ।
बैधनाथ क्षेत्रको प्रचार प्रसार गरेर यसको महत्वका बारेमा चिनाउनु पर्नेमा उनको जोड थियो ।

सेती लोकमार्ग बन्ने काम अगाडी बढेको भन्दै कुवँरले निर्माण सम्पन्न भएपछि यसको प्रचार प्रचार र पर्यटक बढ्ने सम्भावना रहेको उनको भनाई थियो ।

कार्यक्रममा बिशिष्ट अतिथि नरबहादुर कुँवरले पहिले देखिनै यस क्षेत्रको बिकासको लागि आफु सक्रिय रहेको भन्दै यसको संरक्षण र विकासमा सबै लाग्नुपर्नेमा जोड दिए ।