मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तुर्माखाद पूर्ण खोप सुनिश्चितता भएको गाउँपालिका घोषणा

तुर्माखाद पूर्ण खोप सुनिश्चितता भएको गाउँपालिका घोषणा


अछाम : २०७१ सालमा पूर्ण खोप जिल्ला घोषणा भएको अछाममा त्यसपछि पूर्ण खोप सुनिश्चितताको अभियान जारी रहेको छ । सोही कार्य अन्तर्गत आइतबार एक कार्यक्रमका बीच तुर्माखाद गाउँपालिकामा पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न भएको छ ।

खाेप लगाऔ दिगोपना सुनिश्चितता गरौ´´ १५ महिना उमेर भित्र  सबै खोप हरु पुरागरी बालबालिकाहरुलाइ रोगबाट सुरक्षित बनाऔं“ भन्ने नाराका साथ सुरु भएको कार्यक्रमको अध्यक्षता ग्रहण पुर्ण खोप समन्वय समितिका अध्यक्ष ,तथा तुर्माखाद गाउँपालिका अध्यक्ष पुष्पराज शर्माले गरेका थिए ।

तुर्माखाद गाउँपालिकाले सबै कार्य पूरा गरि पुर्णखोप सुनिश्चितता गाउँपालिका घोषणा भएको हो । गाउँपालिकाका ८ वटै वडाबाट सबै बालबालिकाले खोप पाएको प्रमाणीकरण भई आवश्यक अनुगमन समेत भएपछि अनुगमनको कार्य समेत सम्पन्न भए पछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको  गाउँपालिका  अध्यक्ष  शर्माले बताए ।

उक्त घोषणा कार्यक्रममा बोल्दै  जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख बरिष्ठ जनस्वास्थ्य अधिकृत झनकराज ढुंगानाले
खोप कार्य निरन्तर चलिरहने र खोप उमेर समुहका सबै बालबालिकाले अनिवार्य खोप पाउनुपर्ने नेपाल सरकारको लक्ष्य अनुसार अछाम जिल्लाका सबै स्थानिय तहलाई पुर्णखोप सुनिश्चितता घोषणा÷ प्रमाणीकरण गर्ने कार्य द्रुत गतिमा अगाडि बढिरहेको बताए ।

पूर्ण खोप सुनिश्चितता तथा प्रमाणीकरण कार्य जिल्लाका हरेक वडा तहबाटै गरिने स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाका सबै ९१ वडाबाट १६ देखि २३ महिनाका सबै बालबालिकाहरूको नामावली संकलन गरि १५ महिनामा पाउनु पर्ने दादुरा रूवेला दोस्रो मात्रा सहित सबै खोप पाए नपाएको एकिन गर्ने र छुट भएका बच्चालाई खोप लगाउने कार्य लगभग सकिएको स्वास्थ्य प्रमुख ढुंगानाले जानकारी दिए ।

अहिले सबै पालिकाका वडाबाट उक्त बिवरण संकलन गरि जिल्ला पुर्ण खोप समन्वय समितिमा पठाई जिल्ला पुर्णखोप समन्वय समिति र स्वास्थ्य कार्यालय लगायतबाट थप अनुगमन गर्ने कार्य समेत जिल्लाका केही स्थानीय तहमा सम्पन्न भैसकेको छ ।

अब केही दिनमै जिल्लाका दशवटै स्थानीय तहका बाँकी रहेका वडाबाट खोप पाएका बालबालिकाको विवरण संकलन गरि जिल्ला पुर्ण खोप समन्वय समितिमा पठाई जिल्ला पुर्णखोप समन्वय समिति र स्वास्थ्य कार्यालय लगायतबाट थप अनुगमन गर्ने सकेर जिल्लालाई पुर्णखोप सुनिश्चितता घोषणा गर्ने कार्य गरिने भएको उनको भनाइ छ ।

घोसना कार्यक्रममा गाउँपालिका उपाध्यक्ष अमृता बुढा, अस्पताल ब्यवस्थापन समिति अध्यक्ष प्रभुनाथ खनाल, तुर्माखाद गाउँपालिका निमित्तप्रमुख प्रशासकीय अधिकृत  हिक्मत बुढा लगायत सरोकारवालाहरुको उपस्तिथि रहेकोे थियो । कार्यक्रममा ६०बर्ष उमेर पुगेका समुदाय स्तरमा सेवारत रही अवकास हुनु भएका १० जना  सामुदायिक महिला स्वास्थ्य स्वयंमसेविकालाई  प्रती ब्यक्ति २० हजारका दरले नगद, दोसल्ला र प्रसंशा पत्र सहित  सम्मानका साथ बिदाई गरिएकाे कमल बुढाले जानकारी दिए । उक्त कार्यक्रमको संचालन तुर्माखाद गाउँपालिका स्वास्थ्य शाखा संयोजक एकेन्द्र बयकले गरेका थिए ।