मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बयालपाटा अस्पतालमा एक जना स्वास्थ्यकर्मीलाई कोरोना देखियो

बयालपाटा अस्पतालमा एक जना स्वास्थ्यकर्मीलाई कोरोना देखियो


अछाम । बयालपाटा अस्पतालमा एक जना स्वास्थ्यकर्मीलाई कोरोना भाईरस कोभिड १९ को संक्रमण देखिएको छ । बयालपाटा अस्पतालमा कार्यरत २७ बर्षिय पुरुषलाई कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ ।

संकास्पद लक्षण देखिएपछि एण्टीजेन जाँच गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको अस्पतालका मेडिकल तथा शल्यचिकित्सा निर्देशक डा. मन्दिप पाठकले बताए । उनका अनुसार थप एक जना बिरामीलाई समेत कोरोना पोजिटभ देखिएको छ ।

एकजना पुरुषमा पनि कोरोना देखिएको हो । यस्तै एकजना थप संकास्पद बिरामी समेत भर्ना रहेका डा. पाठकले बताए । उनको अहिले एण्टीजेन जाँच गरिने बताए ।

बिश्वका विभिन्न मुलुकमा कोरोनाको संक्रमण बढेसंगै नेपालमा पनि संक्रमणको दर दिनदिनै बृद्धि भईरहेको छ । अछाम जिल्लामा समेत भारतबाट नेपाल फर्किने नागरिकको संख्या बढेसंग कोरोना भाईरसको संक्रमण समेत देखिन थालेको छ ।

दिन दिनै कोरोनाको संक्रमण बढ्न थालेको भन्दै निर्देशक डा. पाठकले यसलाई गम्भिरतापूर्वक लिन र सबैले साबधानीपूर्वक स्वास्थ्यका सबै मापदण्ड पूर्ण रुपले पालना गर्न आग्रह गरेका छन् ।

स्वास्थ्यकर्मीलाई समेत कोरोना देखिएपछि अस्पतालमा समेत यसको जोखिम झन् बढी भएको भन्दै डा. पाठकले स्वास्थ्यकर्मी देखि अन्य नागरिकले समेत ख्याल गर्न आग्रह गरेका छन् ।

अस्पतालमा समेत अत्यावश्यक बिरामीले मात्र आउन र सामान्य व्यक्तीले घरमै सुरक्षित भएर बस्नुपर्ने बेला समेत फेरी आएको उनको भनाई छ । यसअघि अछाममा जिल्लामा थप २ जनामा कोरोनाको संक्रमण पुष्टी भएको थियो ।

भारतबाट आएका १ जनाको बयालपाटा अस्पताल र अर्का १ जनाको जिल्ला अस्पतालमा कोरोनाको एण्टीजेन परिक्षण गर्दा संक्रमण देखिएको थियो । उनिहरु दुबै जनाको जिल्ला अस्पताल अछामको आईश्वलेशनमा राखेर उपचार भईरहेको छ ।