मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनाले अछाममा एकको ज्यान गयो

कोरोनाले अछाममा एकको ज्यान गयो


अछाम : जिल्लामा कोरोना भाईरस संक्रमणका कारण १ जनाको ज्यान गएको छ । जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर ६ भागेश्वरका ६५ बर्षका पुरुषको कोरोना संक्रमणका कारण ज्यान गएको हो ।

भारतको गुजरातमा रोजगारीको शिलशिलामा रहेका उनी १५ दिन पहिले घर फलर्किएका थिए ।

स्वास्थ्यमा समस्या देखीएपछि बयालपाटा अस्पतालमा गरीएको एन्टीजेन परिक्षण गर्दा बैशाख ५ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

उनको ७ बजे बिहान जिल्ला अस्पताल अछाममा मृत्यु भएको स्वास्थ्य कार्यालय अछामका सुचना अधिकारी देव जोशीले जानकारी दिए ।