मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाँकेमा होम आइसोलेसनमा बसेका संक्रमितद्वारा आ’त्मह’त्या

बाँकेमा होम आइसोलेसनमा बसेका संक्रमितद्वारा आ’त्मह’त्या


काठमाडौं- जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) बाँकेमा अनुसार कोहलपुर ९ का ६० वर्षिय पुरुषले शनिबार साझ आफ्नै घरमा आत्महत्या गरेको जनाएको छ।

डिसिसिएमसी बाँकेमा फोकल पर्सन तेजबहादुर वलीका अनुसार नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा वैशाख  ३ गते गरिएको पिसिआर परीक्षणमा उनमा संक्रमण पुष्टि भएको थियो। उनको स्वास्थ्यवस्था सामान्य  रहेको रहेकाले होम आइसोलसनमा बसेका बसेका थिए। 

त्यसैगरी, भेरी अस्पतालमा उपचाररत ६० वर्षिय अर्का पुरुषको पनि उपचारका क्रममा मृत्यु भएको छ। नेपालगन्ज उपमहानगरपालिका ११ निवासी उनी वैशाख १ गते भेरी अस्पतालमा भर्ना भएका थिए। उनको शनिबार राति निधन भएको डिसिसिएमसी बाँकेले जनाएको छ। 

योसँगै बाँकेमा ८३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।