मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नगर प्रमुख बोहराले गरे प्रकोप व्यवस्थापन कोषमा एक लाख ५ सय सहयोग

नगर प्रमुख बोहराले गरे प्रकोप व्यवस्थापन कोषमा एक लाख ५ सय सहयोग


होम साउद, अछाम : जिल्लाको मंगलसेन नगरपालिकाका नगरप्रमुख पदमबहादुर बोहराले नगरको प्रकोप व्यवस्थापन कोषमा १ लाख ५ सय रकम सहयोग गरेका छन । नग्रप्रमुख बोहराले १ लाख ५ सयको चेक कोषमा जम्मा गर्ने गरि नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद उपाध्यायलाइ हस्तान्तरण गरे ।

कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि सहयोग पुगोस भन्ने हेतुले आफुले कोषमा सहयोग गरेको नगरप्रमुख बोहराले बताए । आफु कोरोना संक्रमित भएर कोरोना बिमा वाफत प्राप्त गरेको रकममा आफुले पनि केही रकम थप गरेर प्रकोप व्यवस्थापन कोषमा जम्मा गरिदिएकोउनको भनाइ छ ।

कोरोना संक्रमित भएर पनि आफु अहिले स्वस्थ रहेको भन्दै संक्रमित अन्य नागरिकहरुको ज्याँन जोगाउँन अक्सिजन सिलिण्डर लगायतका स्वास्थ्य सामग्री खरिदमा सहयोग पुगोस भन्ने चाहना रहेको बोहराको भनाइ छ। नगरप्रमुख बोहराले गत वर्ष पनि नगरपालिकाको कोरोना कोषमा १ लाख ५ सय सहयोग गरेका थिए ।

मंगलसेन नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा भएको रकमबाट आवश्यकता अनुसार नगरपालिकाका स्वास्थ्य संस्थाका लागि आवश्यक पर्ने अक्सिजन सिलिण्डर र स्वास्थ्य सामग्री खरिद तथा व्यवस्थापनमा खर्च गर्न सकिने नगरपालिकाले जनाएको छ ।