मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कमलबजार पिसिआर प्रयोगशालालाई थप ४ लाख सहयोग गर्ने साँफेबगरको निर्णय

कमलबजार पिसिआर प्रयोगशालालाई थप ४ लाख सहयोग गर्ने साँफेबगरको निर्णय


अछाम । जिल्लाको साँफेबगर नगरपालिककाले कमलबजार पिसिआर प्रयोगशालालाई थप ४ लाख सहयोग गर्ने निर्णय गरेको छ ।

यसअघि प्रयोगशालालाई ५ लाख सहयोग गरेको नगरले आज थप ४ लाख सहयोग गर्ने निर्णय गरेको नगर प्रमुख कुलबहादुर कुवँरले बताए ।

जिल्लामा एकमात्र पिसिआर प्रयोगशाला रहेको र सो प्रयोगशालालाई नियमित संचालनका लागि आर्थिक सहयोग गर्ने निर्णय कार्यपालिकाले गरेको नगर प्रमुख कुवँरको भनाई छ ।

कार्यपालिकाको ११ औँ बैठकले बयालपाटा अस्पताललाई पनि थप आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

नगर प्रमुख कुवँरको अध्यक्षतामा बसेको बैठकले स्वास्थ्यका सामाग्री खरिद गर्ने, कोभिड १९ सम्बन्धी जनचेतना जगाउने लगायतका निर्णय गरको निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद शर्माले बताए ।

बैठकमा नगर उपप्रमुख बिर्मला बुढथापा, सबै वडाका वडाध्यक्ष लगायतको सहभागती रहेको थियो ।